मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रबाट सात जना महिला उम्मेदवार चुनावी मैदानमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २४, शनिबार (२ हप्ता अघि)
  • २ पटक पढिएको
मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रबाट सात जना महिला उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, २४ माघ। मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रबाट सात जना महिला उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगका अनुसार मकवानपु निर्वाचन क्षेत्र नम्बर १ मा कूल २३ जना उम्मेदवार छन् । त्यसमध्ये पाँच जना महिला उम्मेदवार छन् ।

यो क्षेत्रमा नेकपा एमालेबाट रामेश्वर राना मगर, नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना), नेपाली कम्युनिष्ट पार्टीबाट बिजय गौतम, राष्ट्रिय स्वतन्त्र पाटीबाट प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक बहादुर सिंह उम्मेदवार रहेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टी नेपालबाट रुपक लामा, नेपाल मजदुर किसान पार्टीबाट रंजना सुवाल मगजु, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेज प्रसाद उप्रेती, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ (महर्जन), उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवारमा अमर दंगाल, अमिक परियार, टिका प्रसाद चौलागाई, प्रमिला कुमारी खतिवडा, मठु पुलामी मगर, राकेश कुमार शर्मा, राज कुमार खड्का, राजाराम बोगटी, सुशिला सुवेदी र ज्ञान सागर लामा रहेका छन् ।

मकवानवुर १ मा कुल एक लाख ५८ हजार ४३५ मतदाता छन् । यसमध्ये पुरुष मतदाता ७९ हजार ६२१ र महिला मतदाता ७८ हजार ८१० जना छन् ।

मकवानपुर निर्वाचन २ मा कूल २१ जना उम्मेदवार छन् । त्यसमध्ये दुई जना महिला उम्मेदवार छन् ।

यो क्षेत्रमा नेकपा एमालेबाट महेश कुमार बर्तौला, नेपाली कांग्रेसबाट वुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राम बहादुर थोकर उम्मेदवार छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, श्रम संस्कृति पार्टीबाट युनेश लामा सिंतान, उज्यालो नेपाल पार्टीबाट प्रविन कुमार स्याङतान उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारमा प्रतिक्षा बानिया, रमेश आचार्य, सितामाया बल छन् ।

मकवानपुर २ मा कूल एक लाख ५६ हजार ८९९ मतदाता छन् । त्यसमध्ये ८२ हजार ३३२ जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ७४ हजार ५६६ जना रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस