धादिङमा बस दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २५, आईतबार (२ हप्ता अघि)
  • ४ पटक पढिएको
धादिङमा बस दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं, २५ माघ। मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत् भएको छ ।

दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे ठोक्किएका थिए ।

दुर्घटनापछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किँदा पसलमा क्षति पुगेको छ । सोही पसलमा चिया पिउन लागेका धादिङ धुनिवेशी नगरपालिका-९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पसल नजिकै टिपर रोकेर चिया पिउन बसेका तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर पुर्‍याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा पसलका सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका-१ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवा जाँदै गरेको बसमा सवारी ८ वर्षीय सफलता पुलामी मगर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस