पूर्व राप्रपा केन्द्रीय सदस्य बाबुलाल शर्माको असामयिक निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २६, सोमबार (२ हप्ता अघि)
  • २ पटक पढिएको
पूर्व राप्रपा केन्द्रीय सदस्य बाबुलाल शर्माको असामयिक निधन

वीरगंज, २६ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व केन्द्रीय सदस्य बाबुलाल शर्माको २०८२ साल माघ २५ गते आइतबार निधन भएको छ। उहाँको भारतको दिल्लीस्थित ससुराली निवासमा निधन भएको हो।

नेपाल मारवाडी ब्राह्मण मण्डलका सचिव विकास शर्माका अनुसार उहाँको पार्थिव शरीरको हिन्दु परम्परा अनुसार हिजो नै दिल्लीस्थित ससुराली गाउँमा अन्त्येष्टि गरिएको छ।

स्वर्गीय शर्माको स्थायी घर वीरगंज महानगरपालिका वडा नं. ७, महावीरस्थानमा रहेको थियो। उहाँको जन्म २००६ सालमा भएको थियो। उहाँ वीरगंज उपमहानगरपालिका (हाल वीरगंज महानगरपालिका) वडा नं. ६ बाट तीन पटक वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो।

शर्मा राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै समाजसेवामा समर्पित, सहयोगी र सम्मानित व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो।

उहाँका दुई छोरा र दुई छोरी रहेका छन्। उहाँको निधनले राजनीतिक, सामाजिक तथा पारिवारिक क्षेत्रमा गहिरो शोक छाएको छ। परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस