दार्चुलामा प्रहरी हवल्दारको मृत अवश्थामा शव फेला, हत्या आशंका

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २७, मंगलबार (२ हप्ता अघि)
  • ४ पटक पढिएको
दार्चुलामा प्रहरी हवल्दारको मृत अवश्थामा शव फेला, हत्या आशंका

दार्चुला,२७ माघ। जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ । मंगलबार बिहान दार्चुलाको बंगाबर क्षेत्रमा उनको शव भेटिएको हो ।

एक बियरबार रहेको घरको पछाडिपट्टि घर्तीको शव फेला परेको दार्चुला प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको आशंका गरिएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । उनी सामुदायिक प्रहरी केन्द्रमा कार्यरत थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस