६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवल्दारसहित चार जना पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २७, मंगलबार (२ हप्ता अघि)
  • ३ पटक पढिएको
६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवल्दारसहित चार जना पक्राउ 

काठमाडौँ, २७ माघ। ६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवल्दारसहित चार जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार समेत रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

‘प्रहरी हवल्दारसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं,’ एसएसपी खड्काले अनलाइनखबरसँग भने ।

‘सस्तोदरमा सुन दिन्छौं’ भन्दै ६० लाख लुटपाट गरिएको प्रहरीले बताएको छ । सुन किन्न भनेर रकम लिएर आएपछि सीआईबीको प्रहरी भन्दै रकम लुटिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस