बागलुङको गुफामा लुकाइएका चार थान भरुवा बन्दुक बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २७, मंगलबार (२ हप्ता अघि)
  • १  पटक पढिएको
बागलुङको गुफामा लुकाइएका चार थान भरुवा बन्दुक बरामद

काठमाडौँ, २७ माघ। जिल्ला प्रहरी कार्यालय बागलुङले गुफामा लुकाइ राखेको चार थान भरुवा बन्दुक बरामद गरेको छ ।

लुकाइछिपाई राखेका चार थान भरुवा बन्दुक बरामत गरेर आज सार्वजनिक गरेको हो ।

प्रहरीले ताराखोला गाउँपालिका–२ हल्पुखोलास्थित गुफामा लुकाइछिपाई राखिएको अवस्थामा चार थाना भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।

निर्वाचन अघि अवैद्य हात हतियार नियन्त्रण गर्ने योजना अनुसार इलाका प्रहरी कार्यालय हरिचौर अर्न्तगतको प्रहरी चौकी भात खाने डाँडाको प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो ।

यसअघि प्रहरीले विभिन्न स्थानबाट  एक सय १५ थान भरुवा बन्दुक यसअघि नै बरामद गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस