रौतहटमा बालेन आउँदै, चन्द्रनिगाहपुर–गौर मार्गमा भव्य स्वागतको तयारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २८, बुधबार (१ हप्ता अघि)
  • ३ पटक पढिएको
रौतहटमा बालेन आउँदै, चन्द्रनिगाहपुर–गौर मार्गमा भव्य स्वागतको तयारी

रौतहट, २८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बुधबार बिहान ११ बजे सर्लाहीको कर्मैया हुँदै रौतहट प्रवेश गर्ने भएका छन् ।

बालेन हात हल्लाउदै जनताहरुलाई अभिवादन गरी रोड शो गर्दै रौतहट प्रवेश आवगमनबाट राजनीतिक वृतमा कौतुहल्ता छाएका हुन् ।

  चुनावी प्रचार तथा जनसम्पर्क अभियान अन्तर्गत रौतहट आउन लागेका शाहलाई चन्द्रनिगाहपुर तयारी गरिएको छ । रास्वपा चन्द्रपुर नगर समितिका संयोजक सुरेन्द्र सापकोटाका अनुसार बागमती चोक, चन्द्रपुर चोकदेखि बालचनपुरसम्म पर्ने गौर रोडका विभिन्न चोक–चोकमा भव्य स्वागत कार्यक्रम आयोजना गरिनेछ ।

चन्द्रपुर नगरपालिकाका सम्पूर्ण पार्टी कार्यकर्ता, समर्थक तथा आम नागरिकलाई कार्यक्रममा उपस्थित भई ऐतिहासिक स्वागतमा सहभागी हुन आग्रह गरेका छन् । युवा पुस्तामाझ लोकप्रिय र भ्रष्टाचारविरुद्ध कडा धारणा राख्ने नेताका रूपमा चिनिएका बालेनको उपस्थितिले रौतहटमा रास्वपाको चुनावी गतिविधि थप आक्रामक हुने अपेक्षा गरिएको छ ।

यसैबीच, भोलि हुने बालेन शाहको रौतहट यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजालसँग आवश्यक समन्वय तथा छलफल रास्वपाले गरेको छ । एसपी रिजाल संग जिल्ला प्रहरी कार्यालय गौरमा क्षेत्र नम्वर १, २, ३ सम्मका उम्मेदवारहरु बालेन शाहको सुरक्षा व्यवस्थालाई बन्दोवस्त मिलाइदिन छालफल गरे ।

वरिष्ठ नेता शाह चन्द्रपुर, गरुडा, गौर, टिकुलियाँ घाट, औरैया, लवतना, डुमरिया, कुडिया, राजपुर हाई स्कुल हुँदै दमार लौकाहा, बसन्तपट्टि र बन्कुल हनुमान मन्दिर चौकसम्मको कार्यक्रम रहेको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस