रामेछाप बस दुर्घटना : पीडित परिवारको न्याय माग्दै प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २८, बुधबार (१ हप्ता अघि)
  • ४ पटक पढिएको
रामेछाप बस दुर्घटना : पीडित परिवारको न्याय माग्दै प्रदर्शन

काभ्रे, २८ माघ। रामेछापमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै सडक जाम गरेका छन् ।

रामेछापको मन्थलीस्थित मन्थली अस्पताल क्षेत्रमा घाइते तथा मृतकका आफन्तले सडक जाम गरेका छन । पीडितहरूले मन्थली नगरपालिका– २ भुत्याहा खोला छेउमा टिफर तेर्स्याएर यातायात अवरुद्ध गरेका हुन् ।

जसकारण रामेछापबाट काठमाडौं र काठमाडौंबाट रामेछाप र ओखलढुंगाका विभिन्न भागहरूका लागि छुटेका बसहरू गन्तव्यमा नपुगी बाटोमै रोकिएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्क आउन, मृतक परवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचारको माग गर्दै सडक जाम गरेका हुन् ।

उनीहरूले क्षतिपूर्तिको माग पुरा नहुन्जेल हिजो भएको दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको शव नबुझ्ने अडान राखेका छन् ।

समस्यालाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापमा सर्वपक्षीय बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

दुर्घटनामा परी बस धनी लिखु तामाकोशी गाउपालिका वडा नं –४ का दिपेश बस्नेत र उनका आफ्नै भतिज दिपेन्द्र बस्नेत (काका, भतिजा) र सोहस् पालिका वडा नं –७ तिल्पुङका एकै परिवारका ४ जना सहित १२ जनाको ज्यान गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस