तेस्रो संविधानसभा मागे सौरभ र माखिमले

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २९, बिहिबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
तेस्रो संविधानसभा मागे सौरभ र माखिमले

 काठमाडौं, २९ माघ। नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक सौरभ र स्वदेशवादी अभियानका संयोजक सूर्य माखिलले तेस्रो संविधानसभाको माग गरेका छन् । ०७२ को संविधान मरिसकेको बताउँदै तेस्रो संविधानसभाका लागि हुने चुनाव आजको आवश्यकता रहेको उनले बताए ।

बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आगामी चुनाव र सरकार नमान्ने बताएका हुन् ।

साथै, सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले चुनाव गर्ने अधिकार नराख्ने पनि बताएका छन् ।

राजधानीमा सम्पादकहरूसँग भएको छलफलका क्रममा जारी विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘पूर्वप्रधानन्यायाधीशलाई वर्तमान संविधानले चिन्दैन, उसको नेतृत्वमा भएको निर्वाचन नै अवैध हो ।’

भदौ २४ को हत्या हिंसा र आगजनी गर्नेलाई कारबाही नगरी गरिएको चुनावको अर्थ नभएको उनीहरूको निष्कर्ष छ ।

ताजा अपडेट

खोजी गर्नुहोस