जेन–जी आन्दोलनमा फरार एक कैदी रौतहटमा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २९, बिहिबार (१ हप्ता अघि)
  • ६ पटक पढिएको
जेन–जी आन्दोलनमा फरार एक कैदी रौतहटमा पक्राउ

रौतहट, २९ माघ। लागुऔषध मुद्दाका एक फरार कैदीलाई एपीएफ टोलीले रौतहटबाट नियन्त्रणमा लिएको छ । २७ वर्षीय सागर खाती विक चन्द्रपुर नगरपालिका-४ चन्द्रपुर चोकबाट पक्राउ परेका हुन् । उनको घर त्यहीँ ठाडाटोल रहेको बताइएको छ ।

सागर जेनजी आन्दोलनको बेला जगन्नाथदेवल कारागारबाट भागेको बताइएको एपीएफले जनाएको छ । एपीएफ सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनलाई थप कारबाहीका लागि प्रहरीकहाँ बुझाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस