अमेरिकन पेस्तोलसहित नागढुंगाबाट एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ३०, शुक्रबार (१ हप्ता अघि)
  • ६ पटक पढिएको
अमेरिकन पेस्तोलसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं, ०१ फागुन। अमेरिकन पेस्तोलसहित नागढुंगाबाट एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरी छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला परेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस