निर्वाचनमा बालबालिका प्रयोग नगर्न प्रशासनको कडा निर्देशन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन १, शनिबार (१ हप्ता अघि)
  • ४ पटक पढिएको
निर्वाचनमा बालबालिका प्रयोग नगर्न प्रशासनको कडा निर्देशन

रौतहट,०२ फागुन। जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनका क्रममा बालबालिकालाई कुनै पनि राजनीतिक तथा चुनावी गतिविधिमा प्रयोग नगर्न आग्रह गरेको छ। आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रशासनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार यादवले शुक्रवार एक प्रेस विज्ञप्ति जारी उक्त आग्रह गरेका हुन।बालबालिका राष्ट्रका भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा मानसिक–शारीरिक शोषणबाट जोगाउनु राज्य, राजनीतिक दल तथा सम्पूर्ण समाजको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार पनि बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको सूचनामा जनाइएको छ।

निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा बालमैत्री, मर्यादित र कानुनसम्मत बनाउन सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई बालबालिकालाई चुनावी सभा, जुलुस, प्रचारप्रसार लगायत कुनै पनि गतिविधिमा प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस