फेवातालमा कार दुर्घटना, चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन १, शनिबार (१ हप्ता अघि)
  • ६ पटक पढिएको
फेवातालमा कार दुर्घटना, चालकको मृत्यु

कास्की,०२ फागुन। पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २:१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो ।

कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी उपरीक्षक सिंहको कमाण्डमा कालिका गणबाट खोताखोर सहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस