जसपा नेपालले ‘संघर्षसँगै समृद्धि’ नारा सहित चुनावी घोषणापत्र सार्वजनिक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन १, शनिबार (१ हप्ता अघि)
  • ५ पटक पढिएको
जसपा नेपालले ‘संघर्षसँगै समृद्धि’ नारा सहित चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं,०२ फागुन। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा निर्वाचनका लागि शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। यस अवसरमा पार्टी अध्यक्ष उपेन्द्र यादव ले घोषणापत्र सार्वजनिक गरेका थिए।

जसपा नेपालको घोषणापत्रले ‘संघर्षसँगै समृद्धि’ नारा दिएको छ र राज्यको मुख्य उद्देश्य नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु पर्नेमा जोड दिएको छ। घोषणापत्रमा न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमार्फत नागरिकलाई राष्ट्र निर्माणमा सक्रिय बनाउन सकिने उल्लेख गरिएको छ।

घोषणापत्र अनुसार, जसपा नेपाल समावेशी लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्ने पक्षमा छ र कार्यान्वयनमार्फत लोककल्याणकारी राज्यको स्थापना, समतामूलक समाज निर्माण र समानतामा आधारित समाजवादी लोकतान्त्रिक शासन प्रणाली लागू गर्ने लक्ष्य राखेको छ।

पार्टीले वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि निःशुल्क भिसा र टिकट व्यवस्था, सुरक्षित रोजगारीको प्रत्याभूति र स्वदेशमै रोजगारी प्रवद्र्धन गर्ने नीति अघि सारेको छ। वैदेशिक रोजगारी बाध्यता भएकोले आन्तरिक रोजगारी सुनिश्चित नगरीकन श्रमिकहरूले विदेशमा जाने क्रममा सीप विकास, प्रशिक्षण र आवश्यक लागत व्यवस्थापन रोजगारदाताबाट ग्यारेन्टी गरिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ।

साथै, विदेशबाट प्राप्त रेमिट्यान्स रकम औपचारिक बैंकिङ्ग प्रणालीमार्फत भित्र्याउनु पर्ने र त्यसको महत्वपूर्ण अंश श्रमिकको विकास र संरक्षणमा खर्च गर्नुपर्ने नीति पनि समेटिएको छ।

जसपा नेपालको यो घोषणापत्रले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीको समावेशी, न्यायपूर्ण र विकासमुखी अभियानलाई प्राथमिकता दिने संकेत दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस