सुनसरीमा हतियारसहित भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन १, शनिबार (१ हप्ता अघि)
  • ५ पटक पढिएको
सुनसरीमा हतियारसहित भारतीय नागरिक पक्राउ

सुनसरी, ०२ फाल्गुन। सुनसरीको कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको विहार प्रान्तको अररिया जिल्लास्थित बेला ग्राम पंचायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवान रहेका छन् ।

निर्वाचन क्षेत्र ४ स्थित सुरक्षा बेशका अनुसार शुक्रबार बेलुका भारतीय सीमाबाट कोशी गाउँपालिको जमुवातिर प्रवेश गरेको बीआर ५० एजे ४२२९ नम्बरका मोटरसाइकल जाँच गर्दा उनलाई नियन्त्रणमा लिइएको हो ।

उनको साथबाट केही भारतीय नगद र नेपाली नगद, स्वचालित पेस्तोल, पेस्तोलमा लाग्ने गोली र ब्राउनसुगर बरामद भएको हो । नाम नखुलेको लागुऔषध ६ वटा क्याप्सुल र निट्राजिपाम ५ ट्याब्लेट पनि बरामद भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस