बंगलादेशमा प्रधानमन्त्रीको सपथमा सहभागी हुँदै परराष्ट्रमन्त्री शर्मा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ३, सोमबार (१ हप्ता अघि)
  • ५ पटक पढिएको
बंगलादेशमा प्रधानमन्त्रीको सपथमा सहभागी हुँदै परराष्ट्रमन्त्री शर्मा

काठमाडौं, ४ फागुन। बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

लगत्तै आजै परराष्ट्रमन्त्री शर्मा बंगलादेशको ढाका जाँदैछन् ।

बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले दुईतिहाइ बहुमत पाएको छ ।

बीएनपीका प्रमुख तारिक रहमानले प्रधानमन्त्रीको सपथ लिँदैछन् । उनको सपथ ग्रहण समारोह मंगलबार हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस