एमाले छाडेर कांग्रेसमा फर्किए जितेन्द्रनारायण देव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ४, मंगलबार (१ हप्ता अघि)
  • ५ पटक पढिएको
एमाले छाडेर कांग्रेसमा फर्किए जितेन्द्रनारायण देव

काठमाडौं, ०५ फाल्गुन। नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनी कांग्रेस प्रवेश भएका हुन् ।

जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनको नवीन नीति आत्मसात् गरेको बताए ।

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय देवले एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसको राजीनति गरेका थिए ।

संविधान सभा सदस्य एवम् पूर्वमन्त्री देवले गत माघ १९ मा एमाले परित्याग गरेका थिए । त्यसअघि असार २०८१ मा कांग्रेस छाडेर एमालेमा गएका थिए ।

उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य पनि बनेका थिए । फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि नेता देव कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस