नागढुङ्गाबाट २ केजी ९ सय ग्राम चाँदीसहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ५, बुधबार (६ दिन अघि)
  • ४ पटक पढिएको
नागढुङ्गाबाट २ केजी ९ सय ग्राम चाँदीसहित एक जना पक्राउ

काठमाडौं ,०६ फागुन। काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब २ किलो ९ सय ग्राम चाँदीका दाना सहित एक जना पक्राउ परेका छन् । फेटा गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१-००६ ख ५५२९ नम्बरको बसमा सवार उनलाई उक्त चाँदीका दाना सहित पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस