चुनावका लागि बेस क्याम्प लैजाने क्रममा सेना बोकेको बस दुर्घटना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ५, बुधबार (६ दिन अघि)
  • ४ पटक पढिएको
चुनावका लागि बेस क्याम्प लैजाने क्रममा सेना बोकेको बस दुर्घटना

काठमाडौँ, ०६ फागुन। भोजपुरको भोजपुर नगरपालिका-३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।

बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस