रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति शर्मा नेपाली कांग्रेसमा प्रवेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ५, बुधबार (६ दिन अघि)
  • ६ पटक पढिएको
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति शर्मा नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ ,०६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।

रास्वपा परित्याग गर्ने घोषणा गरेकी शर्मा जनकपुरधाममा आयोजित कांग्रेसको सभामा पार्टी प्रवेश गरेकी हुन् ।

पार्टी विधि र विधानविपरीत चलेको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्या गरेको घोषणा गरेकी थिइन् ।

पार्टीमा खटिएका क्षमतावान रास्वपा कार्यकर्ताहरूको मूल्यांकन नभएको आरोप लगाउँदै पार्टी छोडेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस