जुम्लामा जिप दुर्घटना हुँदा, ७ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ६, बिहिबार (५ दिन अघि)
  • ५ पटक पढिएको
जुम्लामा जिप दुर्घटना हुँदा, ७ जना घाइते

काठमाडौं, ०७ फाल्गुन। जुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बिहीबार मध्यान्ह १२ बजेको समयमा तातोपानी गाउँपालिका–६ धौलापानीमा जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको  सशस्त्र प्रहरीका नायब महानिरीक्षक एवं प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार दुर्घटना लगत्तै निर्वाचन क्षेत्र सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले निर्वाचन प्रहरी समेतको सहयोगमा घाइतेहरूको उद्धार गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस