देशका विभिन्न स्थानबाट लागुपदार्थसहित १६ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ७, शुक्रबार (४ दिन अघि)
  • ३ पटक पढिएको
देशका विभिन्न स्थानबाट लागुपदार्थसहित १६ जना पक्राउ

काठमाडौं, ०८ फाल्गुन। देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरुबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको छ ।

नियमित सुरक्षा गस्तीका क्रममा उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस