
काठमाडौं, ०८ फाल्गुन। हिमाली जिल्लाको चुनावी माहोल बुझ्न प्रधानमन्त्री सुशीला कार्की मुस्ताङ पुगेकी छिन्।
शुक्रबार बिहान हेलिकोप्टरमार्फत त्यहाँ पुगेकी उनले हिमाली बस्तीको अवलोकन गर्ने छिन्। त्यस्तै स्थानीय र सरकारी अधिकारीसँग अन्तरक्रिया पनि गर्ने छिन्।
प्रधानमन्त्री कार्कीले त्यहीक्रममा मुक्तिनाथ मन्दिरको पनि दर्शन गरेकाे उनको सचिवालयले बताएको छ।
प्रधानमन्त्रीका साथमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन्।
फागुन २१ गते हुने चुनावकाे अवस्थाबारे जानकारी लिन कार्की यसअघि अर्को हिमाली जिल्ला सोलुखुम्बु पनि पुगेकी थिइन्।

