फेटा गाउँपालिका घटनाः अन्सारी सुरक्षित, आक्रमणकारी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ७, शुक्रबार (४ दिन अघि)
  • ५ पटक पढिएको
फेटा गाउँपालिका घटनाः अन्सारी सुरक्षित, आक्रमणकारी नियन्त्रणमा

बारा,०८ फागुन। बाराको फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि स्थानीयले हातपात गरेपछि सुरक्षाकर्मीले शुक्रबार बिहान उनलाई उद्धार गरेका छन्।

अध्यक्ष अन्सारीमाथि फेटा–३ स्थित बजार क्षेत्रमा रहेको उनको घर घेराउ गर्दै हातपात गरिएको थियो। स्थिति तनावपूर्ण बनेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उनलाई सुरक्षित स्थानमा उद्धार गरेको हो।

स्थानीयका अनुसार बिहीबार राति जन्ती आएका दुई समुदायका युवाबीच कुटाकुट भएको थियो। सोही विषयलाई लिएर दुवै पक्षका व्यक्तिहरू अध्यक्ष अन्सारीसँग छलफल गर्न पुगेका थिए। छलफलका क्रममा अध्यक्ष अन्सारीले आफूले उक्त विषयमा केही गर्न नसक्ने बताएपछि विवाद चर्किएको र स्थानीयले हातपात गरेको जनाइएको छ।

हातपातपछि जोगिन अध्यक्ष अन्सारी आफ्नै घरमा प्रवेश गरेका थिए। त्यसपछि आक्रोशित समूहले उनको घर घेराउ गरेको थियो। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस