
काठमाडौं, ०८ फागुन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोध जुनैड र ४४ वर्षीय अफ्सन अमीर हुसेन शेख छन् । विमानस्थलको आवगमन टनेल गेटबा उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।
विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

