जनगणना २०७८ का लागि ४७ हजार कर्मचारीकाे माग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २१, बुधबार (५ साल अघि)
  • ५ पटक पढिएको
जनगणना २०७८ का लागि ४७ हजार कर्मचारीकाे माग

सरकारले जनगणना २०७८ का लागि ४७ हजार कर्मचारी माग गरेको छ । ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक जनगणनाका लागि करारमा माग भएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्नका लागि आइतबार ६० दिनको म्यादसहित दरखास्त आह्वान गरेको छ ।

गणकका लागि दश जोड दुई र सुपरिवेक्षकका लागि स्नातक तहको अध्ययन अनिवार्य गरिएको छ । तर, स्नातक तह सकेकाले सुपरिवेक्षकसँगै गणकमा पनि आवेदन दिन पाउनेछन् ।

आवेदन दिनका लागि १८ वर्ष पूरा भएर ४० वर्ष नकटेको व्यक्ति हुनुपर्ने विभागले जनाएको छ । महिलाको हकमा भने ४५ वर्ष नकटेका व्यक्तिले यहाँ गएर आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस