२४ घन्टामा थप १४२ जनामा कोरोना संक्रमण, २०६ डिस्चार्ज

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २१, बुधबार (५ साल अघि)
  • ४ पटक पढिएको
२४ घन्टामा थप १४२ जनामा कोरोना संक्रमण, २०६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ३ हजार ५९७ जनाको स्वाब परीक्षण गराउँदा ५२ महिला र ९० जना पुरुषमा संक्रमण देखिएको हो। काठमाडौं उपत्यकाका ५५ जनासहित १४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ भने २०६ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । जसमध्ये २ लाख ६७ हजार ६५ जनाले कोरोना जितेका छन् । अहिले नेपालमा  २ हजार ३३५ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।

देशभर क्वारेन्टाइनमा भने ९५ जना रहेका छन् भने आइसोलेसनमा २ हजार ३३५ जना रहेका छन्।  मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २० लाख ८१ हजार ६९५ जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका जनाको भेन्टिलेटरमा र  जनाको आइसीयूमा उपचार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस