बेहोस भएका बारामा कार्यरत एक इन्सपेक्टरको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २२, बिहिबार (५ साल अघि)
  • १  पटक पढिएको
बेहोस भएका बारामा कार्यरत एक इन्सपेक्टरको मृत्यु

बारामा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्ज समेत रहेका सशस्त्रका इन्सपेक्टर नारायण सिंह ऐरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल प्रदेश नं २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमका अनुसार दार्चुला घर भएका उनी ड्युटीकै क्रममा अचानक बेहोस भएका थिए । बिहानैदेखि ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस भएपछि उपचारका लागि कलैया अस्पताल लगिएको थियो ।

कलैया अस्पतालले थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरेको थियो । तर नारायणी अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन् ।

नारायणी अस्पताल आकस्मिक विभागका प्रमुख डाक्टर उदय नारायण सिंहले अस्पतालमा मृत अवस्थामा नै आइपुगेको जानकारी दिए । ‘एक्कासी लड्नुभयो भनेर ल्याइएको थियो, तर अस्पतालमा ल्याइपुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो,’ डा. सिंहले भने, ‘सडेन डेथ हुनुको पछाडि मुटु सम्बन्धि कुनै समस्या हुनसक्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस