जनकपुर झडपका घाइते काठमाडौंमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २२, बिहिबार (५ साल अघि)
  • २ पटक पढिएको
जनकपुर झडपका घाइते काठमाडौंमा

प्रहरीको लाठी प्रहारबाट घाइते नेकपा प्रचण्ड-माधव समूहका नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

बिहीबार आमहड्ताल गरेको नेकपा प्रचण्ड–माधव समूह र प्रहरीबीच जनकपुरधामको शिव चोकमा झडप भएको थियो । बन्दको अवज्ञा गरेर चलाइएको गाडीलाई रोक्न खोज्ने क्रममा बन्दकर्तामाथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले गरेको लाठी प्रहारबाट नेकपाका नेता रामचन्द्र झाको टाउको फुटेको छ ।

यस्तै, अर्का नेता मातृका यादव, धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबयिा र प्रदीप साह घाइते भएका छन् ।

घाइतेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गरिएकोमा थप उपचारका लागि चारै जनालाई बुद्ध एयरको विमानबाट काठमाडौं लगिएको छ । उनीहरुको नर्भिक अस्पतालमा उपचार हुनेछ ।

झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस