रौतहटमा प्रम र राष्ट्रपतिको गरियो पुतला दहन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २६, सोमबार (५ साल अघि)
  • ४ पटक पढिएको
रौतहटमा प्रम र राष्ट्रपतिको गरियो पुतला दहन


वर्तमानकाल संवाददाता । रौतहट । माघ २६ गते
रौतहटमा प्रधामन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।
प्रधानमन्त्री ओलि द्धारा चालिएको संसद विघटनको कदम असंबैधानिक रहेको भन्दै जनता समाजबादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले रौतहटमा राष्ट्रपति बिधादेबी भन्डारी र प्रधानमन्त्री केपि ओलीको पुत्ला जलाउँदै नाराबाजी गरेका छन् । प्रधानमन्त्रीले गरेको संसद बिघटनको निर्णय प्रतिगामी रहेको भन्दै आन्दोलनमा रहेका जनता समाजबादी पार्टि नेपालका नेता एव देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल सहितको नेता कार्यकर्ताले आइतबार सदरमुकाम गौरको मधेसी क्रान्ति चोकमा प्रधानमन्त्री ओलि र राष्ट्रपति भन्डारीको पुत्ला दहन गरेका हुन ।
मेयर पटेल सँगै युवा नेता श्याम बिहारी ,अनिल सिह,ललन यादब सहितले केपि ओलि मुर्दाबाद ,बिधा भन्डारी होस्मा आउ सहितको नाराबाजि गर्दै पुत्ला दहन गरेको जसपा जिल्ला इन्चनर्ज नेता बृजकिशोर यादवले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस