गरुडा प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २६, सोमबार (५ साल अघि)
  • ४ पटक पढिएको
गरुडा प्रहरीद्वारा फरार अभियुक्त पक्राउ


वर्तमानकाल संवाददाता । रौतहट । माघ २५ गते

गरुडा प्रहरीले फरार अभियुक्तलाइ पक्राउ गरेको छ । मदिना खातुनको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी महम्दीन अन्सारी समेत भएको अपहरण तथा शरिर बन्धक जि.प्र.का.रौतहट मुदा नं.२० दर्ता मिति २०६८।०७।०१ गते दर्ता रहेको एफ.आर.एस.नं.३११३१६८०७००२० मुद्धामा फरार रहेको प्रतिवादी मध्येका एक जनालाइ पक्राउ गरेको छ । जिल्ला रौतहट साविक गा.वि.स.प्रतापपुर पल्टुवा वडा नं.९ हाल गुजरा न.पा.वडा नं.७ बस्ने महमजान अन्सारीको छोरा बर्ष ३७ को महम्दीन अन्सारीलाई मिति २०७७।१०।२४ गते अन्दाजी १७ः०० बजेको समयमा जिल्ला रौतहट गरुडा न.पा.वडा नं.८ स्थित बाट जिल्ला प्रहरी कार्यालय रौतहट तथा यस कार्यालयको संयुक्त प्रहरी टोलीले पक्राउ गरी यस कार्यालयमा ल्याई निज महम्दीन अन्सारीलाई अवाश्यक कारवाहीको लागी तालुक जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाईएको रौतहट प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस