रौतहट,१३ मंसिर। बारामा प्रहरीलाई छलेर भागेको कारबाट प्रहरीले २३७ किलोभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले शनिवार जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा पुल नजिकबाट २३७.१७ किलोग्राम गाँजा बरामद गरेको हो ।
अमलेखगञ्जबाट आउँदै गरेको बा१७च २६३६ नम्बरको कारलाई बाराको पथलैयामा प्रहरीले रोक्न खोज्दा चालकले तीव्र गतिमा पूर्वतर्फ भगाएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दयाकृष्ण भट्टको नेतृत्वमा रहेको टोलीले उक्त कारलाई पछ्याएको थियो ।
प्रहरीले पछ्याउने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत दुधौरा पुल नजिक चालकले कार सडकमा छाडेर जङ्गलतर्फ फरार भएका थिए ।
कारको पछाडिको डिकीमा रातो प्लास्टिकले बेरेर राखिएको अवस्थामा २३७.१७ किलोग्राम गाँजा फेला परेको डिएसपी भट्टले जानकारी दिए ।
गाँजा बरामद भएपछि डिएसपी भट्टको नेतृत्वमा २२ जनाको प्रहरी टोलीले जङ्गल क्षेत्रमा खोजी गरेको थियो । खोजीका क्रममा इटेल कम्पनीको एउटा किप्याड मोबाइलसमेत फेला परेको छ। उक्त मोबाइल फरार चालककै हुनसक्ने प्रहरीको आशङ्का छ ।
प्रहरीले गाँजा र कार नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा राखेको छ। फरार चालकको पहिचान तथा खोजी कार्य भइरहेको डिएसपी भट्टले बताएका छन् ।





















प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Welcome back
Log in with your username or email address.