ओली आईसीयूमै, अझै तीन दिन अस्पतालमै रहने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २, बुधबार (९ घण्टा अघि)
  • ८८ पटक पढिएको
ओली आईसीयूमै, अझै तीन दिन अस्पतालमै रहने

काठमाडौं, ०२ वैशाख। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज साँझसम्म वार्डमा सार्ने तयारी भइरहेको छ ।

गत सोमबार पित्तथैलीमा भएको ढुंगा निकालेदेखि ओली आईसीयूमा उपचाररत छन् ।

ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्था सामान्य नै छ ।

‘पित्तथैलीमा भएको ढुंगा ल्योप्रोस्कोपी विधिबाट निकालेका थियौं । आज साँझ वार्डमा सार्ने तयारी गरेका छौं,’ ती चिकित्सकले भने, ‘ अहिले स्वास्थ्य अवस्था सामान्य नै छ ।’

ती चिकित्सकका अनुसार ओलीले अझै तीन चार दिन अस्पताल बस्नुपर्ने हुन्छ ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । सोही अनुसार प्रहरीले ओलीलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनी अस्पतालमै थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस