पूर्णबहादुर खड्कासँग कांग्रेसको ७ दिने स्पष्टीकरण माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २, बुधबार (१० घण्टा अघि)
  • ८३ पटक पढिएको
पूर्णबहादुर खड्कासँग कांग्रेसको ७ दिने स्पष्टीकरण माग

काठमाडौं, ०२ वैशाख। नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकलाई एक पटकका लागि सचेत गराएको थियो ।

त्यसपछि पुन: चैत ३० गते खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै पार्टी जिम्मेवारीमै रहेको बताएका थिए । साथै, उनले प्रेस विज्ञप्ति पनि जारी गरेका थिए ।

सो कार्य पार्टीको विधान विपरीत भएको भन्दै विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।

यस्तो छ निर्णय :

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०७२/१२/१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छ भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो। यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुन: मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस