महोत्तरीमा राहदानी सेवा सहज, घरमै प्राप्त गर्न सकिने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ११, शुक्रबार (३ घण्टा अघि)
  • ७० पटक पढिएको
महोत्तरीमा राहदानी सेवा सहज, घरमै प्राप्त गर्न सकिने

काठमाडौं, ११ वैशाख। सेवाग्राहीको कामलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले नयाँ व्यवस्था लागू गरेको छ ।

अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद् को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० बँदे कार्यसूची अन्तर्गत बुँदा नं. २७ कार्यान्वयन गर्दै उक्त सेवा सुरु गरिएको हो ।

कार्यालयका अनुसार बैशाख १० गतेदेखि लागू हुने गरी अब सेवाग्राहीले राहदानीका लागि आवेदन दिँदा उल्लेख गरेको ठेगानामा नेपाल हुलाक सेवा मार्फत राहदानी पु¥याइने व्यवस्था मिलाइएको छ ।

यसअघि राहदानी लिन सेवाग्राही आफैं कार्यालय धाउनुपर्ने बाध्यता रहेकामा नयाँ व्यवस्थाले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई विशेष लाभ पुग्ने विश्वास गरिएको छ । कार्यालयले सेवाग्राहीलाई आवेदन फाराम भर्दा ठेगाना स्पष्ट र सही उल्लेख गर्न भनेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस