राहत बितरन तथा घर बनाउन सहयोग गर्ने लाई ज्यान मार्ने धम्की

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ७, बिहिबार (४ साल अघि)
  • २५ पटक पढिएको
राहत बितरन तथा घर बनाउन सहयोग गर्ने लाई ज्यान मार्ने धम्की


धर्मेन्द्र कुमार यादव– महोत्तरी, साउन ०६ गते
केही दिन पहिले गौशाला नगरपालिकामा दलित तथा एकल महिलाको घर स्थानिय लालबाबु झा परिवारले भत्यकाएको घटनामा पिडित चन्द्राबती राम लाई राहत सहयोग गर्न जादा झा परिवार द्वारा ज्यान मार्ने धम्की तथा अपशब्द प्रयोग गरि गाली गलौज्ज दिएको छ । घर भत्काउने लालबाबु झाको छोरा तथा बुहारीले सार्वजनिक रुपमा भने की राहत बितरन तथा घर बनाउन सहयोग गर्ने लाई काट दिन्छौ भनेका छन र उसका बुहारीले अपशब्द प्रयोग गरि गाली गलौज्ज दिएको छ । आफुले किनेको जग्गामा कसैलाइ बस्न दिदैनौ, जसलाइ जे गर्नु छ गरोस भनेका थिए । तर जग्गा बेच्ने बद्री ठाकुरका अनुसार त्यो जग्गा चन्द्राबतीको हो, वाहाले पैसा तिर्न नसकेर त्यो जग्गा लालबाबुको नाममा फिर्ता हुने गरि रजिस्टेसन गरिएको छ, जग्गाको लोभ मनमा आएपछी झा परिवारले यस्तो नाटक गरि दलित तथा एकल महिलाको घर भत्काइ कष्ट दिएको छ । यसरी खुलेआम समाजिक कार्य गर्नेहरुलाइ धम्की दिदा पत्रकार धर्मेन्द्र कुमार यादव र निरन्जन साहले प्रतिकार गरेका थिए, यस्तो मानिसलाइ कानुनी कार्यबायी गराउने ठोस कदम उठाउने भनेका छन ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस