सागर ढकाल रास्वपा सचिवालय सदस्यमा शपथ ग्रहण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २०, आईतबार (१ घण्टा अघि)
  • ५२ पटक पढिएको
सागर ढकाल रास्वपा सचिवालय सदस्यमा शपथ ग्रहण

काठमाडौं, २० वैशाख। हालै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

वैशाख ७ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य थप गरेको थियो । रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ ।

वैशाख ७ गते ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने सभापति लामिछानेको प्रस्ताव पारित भएको थियो ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस