एमालेमा सदस्यता नवीकरण अब अनलाइनमार्फत गर्ने प्रस्ताव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २०, आईतबार (५५ मिनेट अघि)
  • ३६ पटक पढिएको
एमालेमा सदस्यता नवीकरण अब अनलाइनमार्फत गर्ने प्रस्ताव

काठमाडौं, २० वैशाख। नेकपा एमालेले पार्टी सदस्यता नवीकरणलाई अनलाइन माध्यमबाट गर्ने तयारी गरेको छ ।

यसअघि भौतिक रूपमा उपस्थित भएर मात्रै नवीकरण गर्ने नीति लिएको थियो । तर त्यो शैली बदल्ने प्रस्ताव संगठन विभागले राखेको छ ।

‘भौतिक रूपमा आफैं उपस्थित भएर सदस्यता नवीकरण गर्ने नीति थियो, तर अब अनलाइनमा जाने कि भनेर संगठन विभागले प्रस्ताव तयार पारेको छ,’ एक पदाधिकारीले भने । तर उनका अनुसार उक्त प्रस्तावलाई पार्टीले स्वीकार गरिसकेको होइन ।

‘सुझावका रूपमा आएको प्रस्तावमाथि छलफल होला,’ उनले भने । सदस्यता नवीकरण नगर्नेहरूलाई स्वत: कमिटीबाट बिदा गर्ने प्रस्ताव पनि तयार भएको छ ।

‘यदि कसैले सदस्यता नवीकरण गर्दिनँ भन्छ भने ऊ स्वत: पार्टीबाट विदा भइहाल्छ, त्यो पुरानै कुरा हो,’ ती पदाधिकारी भन्छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस