मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३, आइतबारबेलुका ७:०३
६ मंसिर २०८३ आइतबारबेलुका ७:०३ Sunday, November २२, २०२६

चन्द्रपुरको भोलुम्टारबाट ५ थान सालका गोलिया बरामत

शेयर००


उपेन्द्र गोले , रौतहट २७ बैशाख ।

रौतहटको चन्द्रपुरबाट साल जातको ५ थान गोलिया बरामत गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ भोलुम्टारमा काठ तस्करहरुले साल जातको गोलिया ५ थान २०.८३ क्युफित काठ झाडीमा लुकाई छिपाइ राखेको अबस्थामा बरामत गरिएको जिल्ला डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका जमदार जयलाल प्रसाद पटेलले बताउनु भयो । सोमबार पटेलको कमाण्डमा गएको गस्ति टोलीले सो काठ बरामत गरेको हो । लुकाइछिपाई राखेका गोलीया थप कारवाहीका लागी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा पेश गरिएको जनाइएको छ । पछिल्लो समय रौतहटको उत्तरी क्षेत्रमा तस्करहरु सक्रिय भएको देखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका उत्तरी क्षेत्र गैडाटार , हिलेखोला , चिसापानी , मोरङ्गे भोलुम्टार , इपिल , अरुणबस्ति क्षेत्रमा अत्याधिक काठ तस्करी हुदै आएको वन कार्यालयले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।