अनिता देवी हत्या आरोपमा एक जना पक्राउ, अनुसन्धान जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १३, बुधबार (५ घण्टा अघि)
  • २७ पटक पढिएको
अनिता देवी हत्या आरोपमा एक जना पक्राउ, अनुसन्धान जारी
सप्तरी, १३ जेठ। सप्तरीको  तिलाठी कोइलाडी गाउँआअलिकाबाट छिमेकीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय अनिता देवी रायको हत्या आरोपमा छिमेकी वडा नम्बर ५ का गजेन्द्र रायको छोरा बर्ष ३० को बब्लू राय पक्राउ परेका हुन् ।
स्वर्गीय अनिता देवीका श्रीमान विरेन्द्र रायको जाहेरीको आधारमा सोमबार  बब्लूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  पक्राउ परेका रायमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरि पक्राउ परेको मितिबाट लागू हुने गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए ।
वैशाख २३ गते राति घरमा एकलै सुतिरहेकी अनितादेवीलाई बेपत्ता पारिएको थियो । बिहान घरमा नदेखिएकी अनितादेवीलाई सोधखोज गर्दा आँगनमा रगतका छिटा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय र प्रहरी मिलेर खोजी थालिएको अनितादेवीको शव एक सातापछि हातखुट्टा बाँधिएको तथा खुट्टा र टाउकोतिर १०/१२ किलोको ढुंगा बेरिएको अवस्थामा कोशी नदीको पश्चिमी किनारमा भेटिएको थियो ।
आमा बेपत्ता भएको राति बिहेमा जन्ती गएकी उनकी १२ वर्षीया छोरी काजलकुमारी घटनापछि आमाको तस्बिर नियाल्दै न्याय पर्खिरहेकी छिन् भने श्रीमतीको हत्यापछि वैदेशिक रोजगारी कतारबाट घर फर्किएका वीरेन्द्रले पनि हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस