उखु किसानले पाउने भए डेढ अर्बभन्दा बढी अनुदान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २३, शुक्रबार (१३ घण्टा अघि)
  • ६२ पटक पढिएको
उखु किसानले पाउने भए डेढ अर्बभन्दा बढी अनुदान

रौतहट,२३ असोज।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु उत्पादक किसानलाई प्रोत्साहन गर्न एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ।

अनुदान वितरणलाई व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक कार्यविधिसमेत स्वीकृत गरेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान वितरणसम्बन्धी कार्यविधि स्वीकृत गरेकी हुन्।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको एक अर्ब ५० करोड ५० हजार रुपैयाँ विभिन्न जिल्लाका उखु उत्पादक किसानलाई वितरण गरिनेछ। बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत उखु खेती हुने जिल्लाका किसानले उक्त अनुदान प्राप्त गर्ने मन्त्रालयले जनाएको छ।

सरकारले उखु खेतीप्रति किसानलाई आकर्षित गर्ने, कृषि उत्पादन बढाउने र किसानको लागतमा राहत पुर्‍याउने उद्देश्यले प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमअन्तर्गत उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराइँदै आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस