जसपा नेपाल रौतहटको शुभकामना तथा जनतासँग भेटघाटलाई निरन्तरता दिदैं, जनताको समस्या समाधान गर्ने अनिल यादवको प्रतिबद्धता

जसपा नेपाल रौतहटको शुभकामना तथा जनतासँग भेटघाटलाई निरन्तरता दिदैं, जनताको समस्या समाधान गर्ने अनिल यादवको प्रतिबद्धता

रमेश कुमार यादब
कार्तिक २३, रौतहट
जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहटको गरुडा नगरपालिका–७ भीमडावरमा शुभकामना आदानप्रदान तथा जनतासँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय जनताको समस्या, गुनासो तथा आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो। मोर्चाका नेता तथा जनमत पार्टीका केन्द्रीय सदस्य रामलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपाल तथा अग्रगामी मोर्चाका तर्फबाट गरुडा नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार अनिल कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुखका प्रत्याशी अनिल कुमार यादवले भर्खरै सम्पन हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दसैँ तथा दीपावली र नजिकिँदै गरेको छठ पर्वको अवसरमा सम्पूर्ण नगरवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । उहाँले मेरो बुवा ईन्नु राय यादब विगतका दिनमा नगर प्रमु्ख पदको सत्तामा रहँदा जनताको हित र सेवाका लागि काम गरेको स्मरण गराउँदै अहिले कुनै पद तथा सत्तामा नरहँदा पनि जनताको सेवामा निरन्तर सक्रिय रहेको बताउनु भयो ।

जनतालाई आपत–विपत् पर्दा आफू पनि दिनरात नभनी आवश्यक सहयोगका लागि पुग्ने गरेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको सुखदुःखमा सँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यादवले मेरो बुवा विगतमा जिम्मेवारीमा रहँदा विशेषगरी विपन्न, गरिब, असहाय तथा दुःखी समुदायलाई प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । अहिले म पनि आर्थिक अवस्था कमजोर भएका तथा सहयोगको आवश्यकता परेका व्यक्तिहरू आफ्नो घरमा सहयोग माग्न आउँदा सक्दो सहयोग गर्दै आएको उहाँको भनाइ थियो ।

उहाँले राजनीति केवल पद र प्रतिष्ठाका लागि नभई जनताको दुःख, पीडा र समस्यालाई नजिकबाट बुझेर समाधान गर्नका लागि हुनुपर्ने धारणा राख्नुभयो । जनतासँग प्रत्यक्ष भेटघाट गर्ने, उनीहरूका समस्या सुन्ने र आवश्यकताअनुसार सहयोग गर्ने व्यक्ति नै असल राजनीतिकर्मी हुने उहाँले बताउनुभयो । कार्यक्रममा यादवले बाहिरबाट आएर विभिन्न प्रलोभन देखाउँदै जनताको मत प्रभावित पार्न खोज्ने व्यक्तिहरूप्रति सचेत रहन पनि आग्रह गर्नुभयो । उहाँले जनताले उम्मेदवारको पहिचान, विगतको काम, योगदान र व्यवहारका आधारमा आफ्नो प्रतिनिधि छनोट गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

दलित बस्तीमा सडकबत्तीको समस्या समाधान गर्ने प्रतिबद्धता
कार्यक्रमका क्रममा स्थानीय दलित समुदायका एक व्यक्तिले आफ्नो बस्तीमा सडकबत्तीको व्यवस्था नहुँदा रातिको समयमा आवतजावत गर्न निकै समस्या भइरहेको गुनासो गर्नुभएको थियो। विशेषगरी रातिको समयमा अँध्यारोका कारण दैनिक आवतजावत तथा अन्य काममा कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो । स्थानीयवासीको गुनासोलाई सम्बोधन गर्दै नगर प्रमुखका प्रत्याशी यादवले आफ्नो व्यक्तिगत पहलमा उक्त दलित बस्तीमा केहि घण्टामै २० थान सडकबत्ती उपलब्ध गराउनु भएको थियो ।

त्यस कारण त्यहाँका स्थानिय दलित बस्तीका बृद्धबृद्धा सहित युवाहरुले मेयर प्रत्याशि उम्मेदवार यादबलाई प्रशंसा ब्यतm गर्दै धन्यबाद ज्ञापन गरेका छन । यादबले दलित समुदायलाई राजनीतिको मूलधारमा समेट्न, सामाजिक पहुँच विस्तार गर्न तथा उनीहरूको हकअधिकार सुनिश्चित गर्दै समाजमा समान अवसर प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो । समाजका पछाडि पारिएका तथा आर्थिक र सामाजिक रूपमा कमजोर समुदायको उत्थानबिना समग्र नगरको विकास सम्भव नहुने उहाँको भनाइ थियो ।

अनिल यादवलाई सहयोग गर्न रामलाल यादवको अपिल

कार्यक्रमका अध्यक्षसमेत रहनुभएका मोर्चाका नेता तथा जनमत पार्टीका केन्द्रीय सदस्य रामलाल यादवले अनिल कुमार यादवलाई जनताको हकहितका पक्षमा काम गर्ने युवा नेताका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले अनिल यादव जनताको सुखदुःखमा साथ दिने र स्थानीय समस्यालाई नजिकबाट बुझ्ने नेता भएको उल्लेख गर्दै आगामी दिनमा उहाँलाई सबैले साथ, सहयोग र समर्थन गर्नुपर्ने अपिल गर्नुभयो। कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले पनि आ–आफ्नो धारणा राख्दै स्थानीय विकास, जनताको आवश्यकता, सामाजिक न्याय तथा विपन्न समुदायको उत्थानका विषयमा चर्चा गरेका थिए।

उनीहरूले अनिल यादवलाई आगामी राजनीतिक यात्रामा काँधमा काँध मिलाएर साथ दिँदै अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र गुनासो सुन्ने तथा समाधानका लागि पहल गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको थियो। यस प्रकारका भेटघाट कार्यक्रमले जनप्रतिनिधि बन्न चाहने उम्मेदवार र सर्वसाधारणबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने सहभागीहरूको धारणा थियो ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस