अबैध उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा धनीलाई जरिवाना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २१, बिहिबार (१६ घण्टा अघि)
  • ५२ पटक पढिएको
अबैध उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा धनीलाई जरिवाना

रौतहट, २१ जेठ। रौतहट प्रहरीले अवैध ढुङ्गा उल्खनन् कार्यमा संलग्न रहेको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर जरिवाना गराएको छ । फतुवा विजयपुर र गुजरा नगरपालिकाको लालबकैया नदीमा गैरकानुनी रुपमा  ढुङ्गा लोड गरेको म. प्र. ०३–००१ त ७२३७ र ना ३ प ६८०५ नम्बरको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर पालिकामा बुझाएर जरिवाना  गराइएको प्रहरीले जनाएको छ ।

प्रशासनीय दन्ड र जफत अन्तर्गत प्रति ट्याक्टर १० हजारका दरले २० हजार रुपैयाँ  जरिवाना गराइएको छ  । दुवै ट्याक्टर धनीले जरिवाना तिरेर आइन्दा अबैध उत्खनन्मा सहभागी नहुने शर्तमा जरिवाना तिरेर ट्याक्टर बुझेको फतुवा बिजयपुर नगरपालिकाले जनाएको  छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस