आइसिपी चोकमा ट्रक–मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १९, शुक्रबार (९ घण्टा अघि)
  • ४८ पटक पढिएको
आइसिपी चोकमा ट्रक–मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

वीरगंज, १९ असार। पर्साको आइसिपी चोकमा ट्र्कले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

दुर्घटनामा पर्साको पोखरिया नगरपालिका–१० निवासी विक्रम राउत अहिरको टाउकोमा चोट लागेको छ भने मोटरसाइकल चालक सोही स्थानका ३६ वर्षीय दीपक प्रसाद यादवको दाँत र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेहरू म.प्र.-०२-९९६० नम्बरको मोटरसाइकलमा सवार रहेका बेला ना.७ ख ३९४१ नम्बरको ट्र्कले आइसिपी चोकमा ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा संलग्न ट्र्क बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१६ निवासी विदुर उप्रेतीका २५ वर्षीय छोरा कमल उप्रेतीले चलाइरहेका थिए।

घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस