उखुबारीमा पुरुष मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १६, शुक्रबार (१६ घण्टा अघि)
  • ८६ पटक पढिएको
उखुबारीमा पुरुष मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

काठमाडौं,१६ असोज। प्रतापपुर गाउँपालिका– ५, बेतहानी गाउँबाहिर रहेको उखुबारीमा एक पुरुषको शव फेला परेको छ। मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । स्थानीयले उखुबारीमा शव देखेपछि नजिकैको प्रहरी चौकी बसैयाँमा जानकारी गराएका थिए।

सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलटारीका प्रमुखसहितको प्रहरी टोलीसमेत पुगेको छ।  प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस