उपाध्यक्ष पौडेलको पक्राउ गैरन्यायिक, तत्काल रिहाइको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १०, बुधबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
उपाध्यक्ष पौडेलको पक्राउ गैरन्यायिक, तत्काल रिहाइको माग

जनकपुरधाम, १० असार। नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले अपमान गर्ने हिसाबले गैरन्यायिक ढंगले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।

एमाले मुख्यालय च्यासलमा मंगलबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पौडेलको पक्राउप्रति आपत्ति जनाएको संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिएका छन् । पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलको पक्राउ गैरन्यायिक र विधिको शासनविपरीत रहेको निष्कर्ष समेत निकालेको प्रमुख सचेतक महरले बताए ।

‘हिजो मात्रै सुर्खेतबाट गैरराजनीतिक, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले प्रक्राउ पर्नुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जसरी अपमानपूर्ण ढंगले प्रक्राउ गरियो, उहाँसँग पीएसओ छ, उहाँ राज्यको सम्पर्क र खबरमा हुनुहुन्छ।

आज काठमाडौँ आउँदै हुनुहुन्थ्यो,’ प्रमुख सचेतक महरले भने, ‘त्यो कुरा थाहा भई–भई राज्यले दुःख दिने हिसाबले रातारात सार्वजनिक यातायातको माध्यमबाट जसरी काठमाडौँ ल्याउने काम गरियो, यो गैरन्यायिक र गैरकानूनी छ ।’ एमाले संसदीय दलको बैठकबाट उपाध्यक्ष पौडेलललाई तत्काल रिहा गर्न माग गरेको छ । ‘यो कानुनी राज्य र विधिको शासनको बर्खिलापमा छ । यो पक्राउको एमाले संसदीय दलले घोर विरोध र भ्रत्सना गरेको छ,Ú उनले भने, …विनासर्त अविलम्ब रिहाईको माग पनि गरेको छ ।’

त्यस्तै बैठकले मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी अराजक कदमहरुविरुद्ध आवाज उठाउने निर्णय पनि गरेको सांसद गुरु बरालले बताए । बरालले भने, ‘त्यसबाहेक मुलुकमा बढेको महँगी, बाढी पहिरो लगायतका विषयमा सरकारको ध्यान नगएको भन्दै पीडितको पक्षमा निर्णय गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ ।’ बैठकमा अध्यक्ष ओलीले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा ब्रिफिङ गरेका थिए ।

संसदीय दलको बैठक लगत्तै एमालेको सचिवालय बैठक अध्यक्ष ओली निवास गुण्डुमा बसेको छ । उक्त बैठकबाट एमालेको थप रणनीति तय गर्ने सचिव पद्मा अर्यालले बताइन् । उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाण्डुमा ल्याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस