‘सबै सत्यको बाटो, न्याय र मानवताको बाटो सबै सुरक्षित, सबै सुखी र सबै सम्पन्न होऔं । त्यसका निम्ति समाजमा शान्ति चाहियो । हामी फेरि त्यही मात्रै जपिरहन्छौं भन्ने होइन । यदि शान्तिका लागि आन्दोलन गर्नुपर्यो, निहत्था जनतालाई हतियार र संगठित बलमा दबायो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने हुन्छ । हामी त्यसलाई आन्दोलन भन्छौं,’ उनले भने, ण्àआगो लाउनु, लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको ठूलो र बलियोले कमजोरलाई बलजफ्ती गर्छ भने त्यसको प्रतिवाद गर्नुमात्रै आन्दोलन हो ।’
अब आउन लागेको निर्वाचनमा पनि आफूहरूविरुद्ध घेराबन्दी हुने उनले बताए ।
‘यस निर्वाचनमा हामी विरुद्धको घेराबन्दी सकिएको छैन । घेराबन्दी चालु छ । ७७ सालमा हाम्रा विरुद्ध सानो घेराबन्दी होइन । ०७९ सालमा सानो घेराबन्दी होइन । ०७७ सालमा हाम्रो पार्टी नै कब्जा गरेर घेराबन्दी गरियो,’ उनले भने ।


























