मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३, सोमबारराति २:०८

कांग्रेसको १५औँ महाधिवेशन १८ गते उद्घाटन हुने

शेयर००
Listen to this article
1 min listen · 122 words0:00 / 1:00
0:00
1:00

काठमाडौँ,१३ असोज। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन दुई दिन पर सारेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गरेर २ दिन पर सारिएको जानकारी दिएका छन् ।

यसअघि असोज १६ गतेबाट सुरु गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने भएको छ ।

मुख्य सचिव दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘१५ औँ महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन् ।’

विज्ञप्तिमा देशका विभिन्न स्थानमा जारी अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिहरूबाट प्राप्त भएको उल्लेख छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal