कृषकलाई लक्षित गर्दै २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १७, बुधबार (७ घण्टा अघि)
  • ३७ पटक पढिएको
कृषकलाई लक्षित गर्दै २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

जनकपुरधाम, १७ असार। कृषि, वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ ।

मुख्यबाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको छ । सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुन लागेको ३० हजार मेट्रिक टन युरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ ।

अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत विभिन्न देशबाट एक लाख ८० हजार मेट्रिक टन रासायनिक मलमध्ये ६० हजार मेट्रिक टन डिएपी र एक लाख २० हजार मेट्रिक टन युरिया रहेको छ ।

मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्युआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था पनि गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस