गगन थापाको पहलमा सर्लाहीका ६ विपन्न विद्यार्थीलाई निःशुल्क छात्रावाससहित अध्ययन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २, शनिबार (१ घण्टा अघि)
  • ३८ पटक पढिएको
गगन थापाको पहलमा सर्लाहीका ६ विपन्न विद्यार्थीलाई निःशुल्क छात्रावाससहित अध्ययन

वीरगञ्ज, ०२ जेठ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सर्लाही जिल्लाका ६ जना स्कुले विद्यार्थीलाई आर्थिक अभावका कारण पढाइ रोकिने अवस्थाबाट जोगाउन ललितपुरमा कक्षा १० सम्म पूर्ण निःशुल्क छात्रावाससहित अध्ययनको व्यवस्था मिलाएका छन् ।

सभापति थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका ६ विद्यार्थीहरूलाई ललितपुरमा छात्रावासमा राखेर पढाइने छ ।

क्षमता हुँदाहुँदै पनि आर्थिक कारणले दलित तथा विपन्न परिवारका बालबालिकाको पढाइ बिचमै रोकिने दुःखद यथार्थलाई केही हदसम्म बदल्ने उद्देश्यले आफूले पहल गरेको उनको दाबी छ ।

सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका थापाले यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । उनले यो व्यवस्था सम्भव बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

थापाको पहललाई सामाजिक रूपमा सकारात्मक मानिँदै छ । शिक्षा क्षेत्रमा विपन्न वर्गलाई लक्षित गरी गरिने यस्ता व्यक्तिगत तथा संस्थागत प्रयासले नीतिगत तहमा पनि ध्यानाकर्षण गर्न सक्ने अपेक्षा गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस